यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

316
0
Share:

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।  युरो एकको खरिद दर १२७ रुपैयाँ ५८ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १४६ रुपैयाँ ०९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्