राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै

190
0
Share:

नेपाल राष्ट्र बैंकले यही असोज २५ गते १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिनका लागि ३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः कात्तिक २२ गते, पुस २६ गते, चैत २८ गते र २०८० असोज २३ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

कमेन्ट गर्नुहोस्