प्रचण्डद्वारा गोरखा– २ बाट उम्मेदवारी दर्ता

180
0
Share:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा. भट्टराई र समर्थकमा श्रेष्ठ रहेका छन् । उनी २०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । यस पटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका उनी अन्तिममा आएर गोरखा २ पुगेका हुन् ।

प्रचण्ड २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं– १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । त्यस्तै ७० सालको दोस्रो संविधानसभा चुनावमा उनी सिरहा– ५ र काठमाडौं– १० बाट उम्मेदवार बनेका थिए । तर उनी काठमाडौं– १० मा भने पराजित भएका थिए ।

कमेन्ट गर्नुहोस्