दोहोरो अंकले बढ्यो सेयरबजार,कारोबार रकम पनि बढ्यो

240
0
Share:

साताको कारोबारको पहिलो दिन (आइतबार) आज ४१.०७ अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.०७ अंकले बढेर एक हजार ८९४.८३ विन्दुमा बन्द भएको छ । आज नेप्से १५.९२ अंकले बढेर एक हजार ८ ३१.०५ विन्दुमा बन्द भएको थियो ।

शेयरबजार बढे पनि कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा ८० करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि नेप्सेमा ६६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आज २ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३१ रुपैयाँ पुगेको छ ।

उपकार लघुवित्त संस्थाको शेयर ९.८४ प्रतिशतले वृद्धि भएर तीन हजार चार सय ६० रुपैयाँ पु्गेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज २२ करोड ६९ खलाखभन्दा बढीको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्