नेपालको अर्थतन्त्र ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

160
0
Share:

विश्व बैंकले नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष २०७९/८० मा ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा भने अर्थतन्त्रको विस्तार ४.९ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत निर्धारण गरेको छ ।

हालै सार्वजनिक गरिएको दक्षिण एसियामा केन्द्रित ‘कपिङ विद सक्सः माइग्रेसन एन्ड द रोड टु रिसिलियन्स’ प्रतिवेदनमा विश्व बैंकले यो वर्षको आर्थिक वृद्धिदर औसत ५.८ प्रतिशत हुने अनुमान गरेको हो। यो गत जुनमा विश्व बैंकले नै गरेको प्रक्षेपणको तुलनामा १ प्रतिशत बिन्दुले कम हो।

नेपालको पर्यटन क्षेत्रमा आउने सुधार र जलविद्युत् उत्पादनमा हुने वृद्धिले औद्योगिक क्षेत्रको वृद्धिदर पनि अर्थतन्त्र बलियो हुने विश्व बैंकको प्रक्षेपण छ। यद्यपि आगामी आर्थिक वर्षमा भने आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण छ।

चालु आवमा सार्वजनिक ऋणको तह स्थिर रहने र विदेशी विनिमय सञ्चितिमा परेको चाप कम हुने अनुमान विश्व बैंकको छ। कर प्रणालीको आधुनिकीकरण, विदेशी विनिमयको नयाँ स्रोतको आकर्षण तथा समावेशी प्रगति सुनिश्चित गर्नका लागि सम्बोधन गर्नुपर्ने वित्तीय संघीयताको पूर्ण कार्यान्वयनसँग सम्बद्ध संरचनागत चुनौती भने नेपालले सामना गर्नुपर्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्