केएल टावरको ‘रमाइलो दशैँ तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

266
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-1-1024×591.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-1-768×443.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-1.jpg 1040w” sizes=”(max-width: 500px) 100vw, 500px” />

केएल टावरले दशैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैँ तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउनेछन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डिएचआई भ्याकूम क्लिनर, मिक्चर, राइस कुकर लगायत एक हजार रुपैयाँबराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-3-500×281.jpeg 500w, arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-3-1024×576.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-3-768×432.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-3-1536×864.jpeg 1536w” sizes=”(max-width: 1600px) 100vw, 1600px” />

त्यसैगरी, साप्ताहिक रुपमा डिएचआई ब्राण्डको वासिङ मेशिन, डिएचआई ४३ इन्चको टेलिभिजन, १७० लिटरको रेफ्रिजिरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङ्ग लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ ।

बम्पर उपहारमा एक जनालाई ४ रात ५ दिनको दुवई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणी तिमिल्सिनाले जानकारी दिए । त्यस्तै बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल बितरण गरिने उनको भनाई छ ।

उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई उपलब्ध गराइने कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिए ।

arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-1-500×281.jpeg 500w, arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-1-1024×576.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-1-768×432.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/KL-Tower-Dashain-Tihar-1-1536×864.jpeg 1536w” sizes=”(max-width: 1600px) 100vw, 1600px” />

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ केएल टावरले उपहार योजना सञ्चालन गरेको हो । असोज ५ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक ३० गतेसम्म चल्नेछ ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।

कमेन्ट गर्नुहोस्