नेप्सेमा २३.८३ अंककाे गिरावट,१७४ कम्पनीको मूल्य घट्यो

191
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/share-down1642501426-1024×712.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/share-down1642501426-768×534.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/share-down1642501426.jpg 1200w” sizes=”(max-width: 432px) 100vw, 432px” />

आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २३.८३ अंकले घटेर १८१५.१३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२८ कम्पनीका ४० लाख १४ हजार ४ सय १९ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ २४ पैसाको कारोबार भएको छ ।

आज अभियान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नबिल इक्विटी फण्डको इक्वाई मूल्य २.९४ प्रतिशतले बढेको छ । लक्ष्मी बैंकको शेयर मूल्य २.६६ प्रतिशतले बढेको छ ।

आज तेह्रथुम पावरको शेयर मूल्य सर्वाधिक ७.९० प्रतिशतले घटेको छ भने कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ७ प्रतिशतले घटेको छ ।  सामुदायिक लघुवित्तको शेयर मूल्य ६.६५ प्रतिशत घटेको छ भने निफ्राको शेयर मूल्य ६.४१ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन् । जस मध्ये इन्भेष्टमेन्ट समुह सर्वाधिक २.८२ प्रतिशत, फाइनान्स समुह २.५७ प्रतिशत तथा हैदोर समुह २.५४ प्रतिशत घटेका छन् ।

कुल १३ उपसमूहमा  १३ वटा समूहकै सेयर मूल्य राताम्मे भएको छ । आज कारोबारमा आएका मध्ये भने १२ कम्पनीको मूल्य बढेको छ १७४ कम्पनीको मूल्य घटेको छ  ।

कमेन्ट गर्नुहोस्