दसैँको मौका पारेर मूल्य वृद्धि नगर्न उद्योगी–व्यवसायीलाई प्रधानमन्त्री देउवाको निर्देशन

180
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/vvv.jpg 640w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई चाडपर्व अवसर पारेर मूल्यवृद्धि नगर्न निर्देशन दिएका छन् । उनले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर दसैँतिहारकाे माैका पारेर मूल्य वृद्धि नगर्न आग्रह गर्दै मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली र साना उद्योग महासंघ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो । छलफलमा सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवासँगको छलफलमा गोल्छाले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारणले नेपालमा मूल्यवृद्धि भएको बताए । यस्तै, छलफलमा गोल्छाले बजार अनुगमनका क्रममा व्यवसायीको मान र प्रतिष्ठामा आँच आउने गरी काम गर्न नहुनेमा जोड दिएका छलफलमा सहभागी एक एक उद्योगीले बताए ।

यसैगरी, मल्लले भेटमा रुस र युक्रेन युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भइरहेको जानकारी गराए । खासगरी, पछिल्लो समय खानेतेलमा बाहेक अन्य सबै प्रकारका खाद्यान्नको मूल्यवृद्धि भएको छ ।

कमेन्ट गर्नुहोस्