कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्रीपत्नीदेखि ‘भारतीय एजेन्ट’सम्म !

260
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/ww-1-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/ww-1-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/ww-1-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/ww-1.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा भारतीय गृहमन्त्री अमित साहका सचिवालयमा कार्यरत कर्मचारी सन्दिप रानाको नाम पनि अटाएको छ । कांग्रेस सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पूर्व उपसिभापति विमलेन्द्र निधि, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि ‘भारतीय एजेन्ट’का रुपमा हेरिने सन्दिको नाम समाविष्ट छ ।

पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस भएका सन्दिप अन्ततः कांग्रेसको समानुपातिक बन्द सूचीमा अटाएका हुन् । कांग्रेस महासमिति सदस्य समेत रहेका उनी अहिले टिकट हात पार्न बालुवाटारमा निक्कै सक्रिय थिए । पार्टीमा लामो सयम योगदान दिएका नेताकार्यकर्तालाई उछिनेर सन्दिप बन्द सूचीमा अटाएका छन् । उनकाे नाम कांग्रेसले समानुपातिक बन्द सूचीकाे ४२औं अटाएकाे छ ।

पार्टीका लागि कुनै याेगदान नगरेकाे सन्दिप समानुपातिक बन्द सूचीमा अटाएपछि कांग्रेसभित्र असन्तुष्टि पैदा समेत भएको छ । ‘पार्टीमा अलिकति पनि योगदान नदिएका सन्दिपलाई टिकट दिँदा पार्टीमा धेरै योगदान दिएका अग्रज नेता तथा कार्यकर्तामा निराशा अवश्य छाउँछ’, एक कांग्रेस नेता भन्छन् । सन्दिप रानालाई कांग्रेसले समानुपातिक उम्मेदवार बनाएर पार्टी र देश दुवैका लागि ठिक नगरेको उनले बताए ।

‘भारलते आफ्ना एजेन्टलाई कांग्रेसको समानुपातिक सूचीमा अटाएर टिकटका लागि लविङ गरिरहेको थियो’, तीन नेता भन्छन्, ‘अन्ततः सन्दिप सफल भए । तर अब यसले गर्दा देशको सर्वाभौमिकता र भौगोलिक अखण्डता जस्ता विषयमा खतरा पैदा हुन सक्छ !’ भारतले नेपाली भूमि मिच्दा पनि सांसद नेताहरुले बोल्न डराइरहेका बेला भारतले खुलमखुला संसदभित्रै एजेन्ट प्रवेश गराउने गरी परिचालन गरेको उनले बताए ।

‘विगतमा हामीले सुनिन्थ्यो, नेपालको मन्त्रिपरिषद्मै भारतीय रादूतावासका प्रतिनिधि सहभागी हुन्थे रे । अहिले फेरि संसदभित्र भारतीय एजेन्ट प्रवेश गरे भने हाम्रो अवस्था के हुन्छ ?’, उनी प्रश्न गर्छन् । उनका अनुसार सन्दिपले आफूलाई नेपाल–भारत सम्बन्धको व्याख्यायता दाबी गर्छन् ।

कमेन्ट गर्नुहोस्