
नेपाली बजारमा साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । योसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।
शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/8-1-1024×582.jpg 1024w, 






