एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुरु

136
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-1663915954Mnemonic-150×150.png 150w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1663915954Mnemonic-768×768.png 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1663915954Mnemonic-400×400.png 400w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1663915954Mnemonic.png 823w” sizes=”(max-width: 300px) 100vw, 300px” />

एनआईसी एशिया बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। हाल बैंकका १४ लाखभन्दा बढी  मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन्।

मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

यसका साथै एनआईसी एशिया बैंकमा खाता नभएका ग्राहकले पनि प्लेस्टोर वा एप स्टोरमा गई एनआईसी एसिया मोबैंक एप डाउनलोड गरी लाइट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्नेछन्। यो सुविधा सुरु भएसँगै एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवामा नयाँ आयाम थपिएको छ।

यसका साथै स्मार्ट क्यूआरमार्फत भुक्तानी लिने व्यवसायीलाई पनि एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तासँग भुक्तानी लिन सहज भएको छ।

कमेन्ट गर्नुहोस्