नाडा ईभी एक्सपोमा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरिने

195
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-1663761776Treo-Zor-New-pic-724×1024.jpg 724w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1663761776Treo-Zor-New-pic-768×1086.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1663761776Treo-Zor-New-pic.jpg 823w” sizes=”(max-width: 212px) 100vw, 212px” />

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको ईभी नाडा एक्सपो–२०२२मा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। नाडा एक्सपो भोलि असोज ६ गतेबाट सुरु हुँदैछ।

ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–ह्विलर पिकअप हो। जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको छ।

महिन्द्रा ट्रियो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिका साथ विकसित गरिएको छ र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न ३ भेरियन्टमा उपलब्ध छ। अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधिजस्ता हाइलाइटका साथ ट्रियो  झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको छ।

यस पटकको नाडा ईभी अटो एक्सपोमा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक ३ पांग्रे ट्रियो ई–रिक्सा, ट्रियो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रियो पिकअप अवलोकन गर्न पाउनेछन्। नेपालका महान चाडपर्वहरु विश्वकर्मा पूजा, दसैँ, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारीसाधनहरुमा स्क्र्याच कार्डमार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कारसमेत राखेकोे जानकारी कम्पनीले गराएको छ।

यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पांग्रे ट्रियो ई–रिक्सा, ट्रियो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ।

नाडा ईभी एक्सपोमा अग्नी इनर्जीले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यो नयाँ इलेक्ट्रिक थ्री–ह्विलर पिकअप गाडीले नेपाली बजारमा निकै राम्रो बजार विस्तार गर्ने कम्पनीको आशा छ। ‘यसले नाडा ईभी एक्सपोमा सबैको ध्यान खिच्ने हामीले अपेक्षा गरेका छौँ’, कम्पनीले भनेको छ।

कमेन्ट गर्नुहोस्