मुगुको स्याउले बजार पाएन

165
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/apple-1024×449.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/apple-768×337.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/apple.webp 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />

मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाहीले भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्