
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/gold-1024×629.jpg 1024w, 






