राष्ट्रिय खेलकुद ट्रफी बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन

172
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/DSC06070.JPG-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/DSC06070.JPG-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/DSC06070.JPG-1536×1024.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/DSC06070.JPG.jpg 1752w” sizes=”(max-width: 450px) 100vw, 450px” />
राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आइपुग्दा पहिलो पटक टिम च्याम्पियनलाई प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको राष्ट्रिय खेलकुद ट्रफी लुम्बिनीको बुद्ध जन्मभूमिमा प्रर्दशन गरिएको छ ।

राष्ट्रिय खेलकुदमा सहभागि ७ प्रदेश, ३ विभागीय टोली र एनआरएनएमा प्रदर्शन गर्ने उद्देश्यका साथ १ असाेजदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा साेमबार लुम्बिनी प्रदेशको बुटवलका साथै बुद्ध जन्मभूमी लुम्बिनीमा प्रदर्शन गरिएको हो ।

लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री माननिय बसिउद्दिन खानको अध्यक्षतामा भएको प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कुलबहादुर केसी, बिशिष्ट अतिथि वन तथा वातावरण मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, सदस्य सचिव जय प्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र प्रदेशसभा सदस्य भुवनेश्वर थारुको उपस्थिती रहेको थियो ।

ओलम्पियन संघका अध्यक्ष ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदको लगातार ४ संस्करणमा नेपालका लागि ४ स्वर्ण पदकधारी दीपक बिष्टको नेतृत्वमा दक्षिण एसियाली खेलकुदमा कराते तर्फ स्वर्णधारी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही, नेपाली पुरुष क्रिकेटका पूर्वकप्तान पारश खड्का र अल्ट्रा धावक मिरा राई लगायतको ट्रफी टुर कार्यदलले ट्रफीलाई सातै प्रदेशको राजधानी लगायत मुख्य सहर, विभागीय टोली र एनआरएनएको मुख्य कार्यालयमा भ्रमण गराउने र प्रदर्शन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्