
संविधान दिवसका अवसरमा आज विभिन्न व्यक्तित्वहरुलाई समाजमा पुर्याएको योगदानको कदर गर्दै मानपदवी, अलंकार र पदकबाट सम्मान गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्नेछिन्।
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार तथा पदवी पाउनेमा उद्योगी व्यवसायीहरू पनि छन् ।
उद्योगी स्वर्गीय प्रभाकरशमशेर जबरालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिएको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप पदवी दिइएको छ ।
सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने व्यवसायीहरूमा कुशकुमार जोशी, जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुङ्गटा, राजेशकुमार अग्रवाल, कुसुम लामा, अरुणकुमार केसी र बेनिगोपाल मुन्दडा, पर्यटन व्यवसायी राम थापा तथा रामबहादुर कोइरी र होटल व्यवसायी सिर्जना राणा छन् ।
प्रबल जनसेवाश्री पाउनेमा व्यवसायीहरू सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनीलकुमार वंशल, ओमकार गौचन, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार, सुवोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सिताराम उप्रेती, सुरेन्द्रकुमार गोयल र चतुर्भुज अग्रवाल, नरेशप्रसाद श्रेष्ठ, अशोककुमार वैद, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी, दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, शान्तकुमार उपाध्याय, कुमुदकुमार दुगड महिला उद्यमी लक्ष्मी शर्मा रहेका छन् ।
त्यसैगरी, कृषि उद्यमी खेमबहादुर केसी, गोविन्दप्रसाद थपलिया, यातायात व्यवसायी दधिराम खरेल र नर्सरी व्यवसायी बिन्दु गुप्ताले पनि प्रबल जनसेवाश्री पाएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाललाई पनि यो पदवी दिइएको छ ।
जनसेवाश्री पदवी पाउने व्यवसायीहरूमा गणेश कार्की, कृष्ण मुरारी अग्रवाल, जीवकान्त काफ्ले, योगेश घिमिरे, मानसिंह साउँद, राजु कार्की र अस्मिलाल भट्टराई, सुमनविक्रम पाण्डे र मिङ्मा शेर्पा र मिलनबाबु मल्ललाई रहेका छन् ।
गत भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले यी उद्योगीव्यवसायीसहित विभिन्न क्षेत्रका ९९८ व्यक्तित्वलाई विभूषित गर्ने छिन्।

arthasanjal.com/wp-content/uploads/2022/03/Chandra-1-1024×489.webp 1024w, 





