वाणिज्य बैंकहरुले बढाए नियम विपरित ब्याजदर

232
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Bank-Sketch-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Bank-Sketch.jpg 900w” sizes=”(max-width: 450px) 100vw, 450px” />

वाणिज्य बैंकहरुले नियम विपरित नै ब्याजदर बढाएका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले एक पटकमा अधिकतम १० प्रतिशतसम्म मात्र ब्याजदर बढाउन सक्ने व्यवस्था गरेको छ तर बैंकहरुले उक्त नियमको उल्लंघन गर्दै ब्याजदर प्रकाशन गरेका छन् ।

विगत ६ महिनादेखि निक्षेपको ब्याजदर स्थिर राख्दै आएका बैंकहरुले असोजमा भने भद्र सहमति भंग गर्दै आआफ्नै ढंगले ब्याजदर निर्धारण गर्ने निर्णय गरेका थिए।

वाणिज्य बैंकहरुले पछिल्लोपटक गत फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत र र रेमिट्यान्स मुद्दती निक्षेपमा १२.०३ प्रतिशत कायम गरेका थिए । त्यसपछि बैंकहरुले भदौसम्म सोही ब्याजदरनलाई निरन्तरता दिँदै आएका थिए।

सबै वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढाएका छन्। जसअनुसार उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १२.१३ प्रतिशत, संस्थागतमा १०.१३ र रेमिट्यान्समा १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दति निक्षेपमा १२.०३ प्रतिशत, संस्थागतमा १०.०३ प्रतिशत र रेमिट्यान्समा १३.०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

प्रभु बैंकले ३ महिना वा सो भन्दा बढी अवधिको ‘प्रभु उन्नति मुद्दति’ मा १५.१३% सम्म ब्याजदर दिने जनाएको छ । त्यसैगरी एनसीसी बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर १५ प्रतिशत पुर्याएको छ ।

सेञ्चुरीले १४.१४ प्रतिशत, प्राइम बैंकले १४.१३ प्रतिशत, सनराइजले १४.१३ प्रतिशत, सानिमाले १३.५१ प्रतिशत र ग्लोबल आईएमई बैंकले १३.१३३ प्रतिशतसम्म मुद्दतिको ब्याजदर पुर्याएका छन् ।

कमेन्ट गर्नुहोस्