बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

169
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/barun_hydro_MiRMFVXQMr-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/barun_hydro_MiRMFVXQMr.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो ।

साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

कमेन्ट गर्नुहोस्