लक्ष्मी लघुवित्तमा आबद्ध ग्राहक सदस्यलाई खेलौना बनाउने तालिम

200
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-1663132981Training-Group-Photo-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1663132981Training-Group-Photo.jpg 823w” sizes=”(max-width: 400px) 100vw, 400px” />

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आबद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ।

तालिम भदौ २६ र २७ गते गरी २ दिनसम्म सञ्चालन भएको थियो। तालिममा व्यवसायउन्मुख २१ जना ग्राहक सदस्यलाई सहभागी गराइएको थियो।

तालिमको उद्घाटन कार्यक्रममा संस्थाका नायब प्रबन्धक माधवप्रसाद शर्माले तालिममाबाट सिकेको सीपलाई उद्यमशीलता विस्तारमा लगाउनुपर्ने र समयको उचित सदुपयोग गरी सानो आयमूलक क्रियाकलापबाट समेत आम्दानी सिर्जना गर्न सकिने भएकोले परिश्रमी हुनुपर्ने विषयमा हौसला प्रदान गरेका थिए।

लक्ष्मी लघुवित्तले कर्जा, बचतबाहेक लघुबीमा, विप्रेषण, ट्याबलेट बैंकिङ, ई–सेवा, कनेक्ट आईपीएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधासँगै महिलाहरुलाई उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्