पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रजापति

166
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/prajapati-1024×625.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/prajapati-768×469.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/prajapati.jpg 1200w” sizes=”(max-width: 491px) 100vw, 491px” />

पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घको ३४औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका छन् ।

यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणामअनुुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे । नवनिर्वाचित प्रजापति सङ्घको वरिष्ठ उपाध्यक्ष थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य र महासचिवमा बलराम आचार्य विजयी भए ।

त्यसैगरी कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उपमहासचिवमा शोभा गौतम र सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलीपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी भए । वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चापागाईँ विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्