यस्तो छ विदेशी मुद्राको विनिमय दर

161
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/06/bidhesi-1024×768.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/bidhesi-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/bidhesi-1536×1152.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/bidhesi.jpg 1600w” sizes=”(max-width: 400px) 100vw, 400px” />
नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्मको भाउ पनि घटेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा रहेकोे छ ।

यता जापानी येनमा पनि गिरावट आएको छ । जापानी येनको आज खरिदमूल्य ८ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०१ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३४ पैसा र बिक्रीमा १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल, कतारी रियालदेखि मलेसियन रिग्गेटको बिक्रीदर पनि आज घटेको देखिन्छ । आज साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४५ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्