भारतविरुद्ध नेपाललाई २-१ को अग्रता

276
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Anjan-Bista-Nepal-Chinese-Taipei1-1024×683.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/Anjan-Bista-Nepal-Chinese-Taipei1-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Anjan-Bista-Nepal-Chinese-Taipei1.webp 1065w” sizes=”(max-width: 450px) 100vw, 450px” />

श्रीलंकामा जारी यु- १७ पुरुष साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता बनाएको छ ।

श्रीलंकाको कोलम्बोमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । तर, खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २-१ को अग्रता दिलाए ।

त्यसअघि खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए ।

पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भारत दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् । दुवै टोली जितसहित समूह बी को विजेता बन्ने दौडमा छन् ।

कमेन्ट गर्नुहोस्