आन्दोलन फिर्ता लिन पेट्रोलियम ढुवानी व्यवसायीलाई आयल निगमको आग्रह

366
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/oil2022-05-15-09-02-02-1024×536.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/oil2022-05-15-09-02-02-768×402.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/oil2022-05-15-09-02-02-1536×804.jpeg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/oil2022-05-15-09-02-02.jpeg 1550w” sizes=”(max-width: 500px) 100vw, 500px” />

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न माग राख्दै ढुवानी नै बन्द गरेपछि नेपाल आयल निगमले महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ ।

महासंघले राखेका मागका सम्बन्धमा ध्यानाकर्षण भएको र निगम व्यवस्थापन सकारात्मक समेत रहेको निगमले महासंघलाई लेखेका पत्रमा उल्लेख गरिएको छ ।

‘प्रेषित मागहरुका सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समस्या समाधानार्थ आवश्यक पहल कदमी भइरहेको ब्यहोरा अनुरोध छ’ पत्रमा भनिएको छ, ‘निगम सञ्चालक समितिमा तहाँको मागका सन्दर्भमा पटक पटक छलफल भई आवश्यक निर्णय हुने क्रममा रहेको हुँदा अतिआवश्यक पेट्रोलियम पदार्थहरुको आपूर्ति तथा बिक्रि वितरणमा अवरोध पुर्याउन तहाँबाट चरणवद्ध रुपमा सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रम आजैका मितिबाट फिर्ता लिनुहुन अनुरोध छ ।’

निगमले दशैँ लगायतका चाडहरु नजिकिएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सहयोग गर्न पेट्रोलियम ढुवानी व्यवसायीलाई भनेको छ ।

पेट्रोलियम ढुवानी व्यवसायीहरुले भदौ २५ गतेदेखि भारततर्फ लोडिङ गर्न नजाने भन्दै आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेका थिए ।

कमेन्ट गर्नुहोस्