
प्रभु बैंकका संस्थापक सेयरधनीहरुले शुक्रबार (भदौ २४ गते) देखि आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।
बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको छ ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।
उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/Prabhu_Bank_News_Arthasanjal-1024×555.jpg 1024w, 






