विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट: मूल्य ८ महिनायताकै तल्लो विन्दुमा

174
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/kachatel-1-768×518.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/kachatel-1.jpg 823w” sizes=”(max-width: 445px) 100vw, 445px” />

विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। जसका कारण तेलको मूल्य ८ महिनायताकै तल्लो विन्दुमा झरेको छ।

चीनमा कोभिड शून्य नीतिको द्रुत कार्यान्वयनका कारण कच्चा तेलको मूल्य ८ महिनाकै न्यून विन्दुमा झरेको हो। चीनमा कोभिड प्रतिबन्धका कारण तेलको विश्वव्यापी मागमा असर पर्ने लगानीकर्ताको अनुमान छ।

यँस महँगी नियन्त्रण गर्न विभिन्न देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाइ गर्दा पनि तेलको मूल्य घटिरहेको जानकारहरु बताउँछन्।

चीनका धेरै ठाउँमा लकडाउन लगाइएको छ । यसले विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको मागलाई असर गरेको छ।

हिजो बुधबार कच्चा तेल डब्ल्यूटीआई करिब ६ प्रतिशतले घटेर ८३ डलर प्रतिब्यारेलमा झरेको थयो। यो मध्य जुलाईयता तेलको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट हो।

आज बिहीबार बिहान भने कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ। बिहीबार बिहान ब्रेन्ट तेल ०.८१ प्रतिशत वा ०.७० डलरले बढेर ८८.६९ मा कारोबार भइरहेको छ। –एजेन्सी

कमेन्ट गर्नुहोस्