चीनको प्रतिस्पर्धामा नेपाली चिया

201
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Tea-state-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Tea-state.jpg 780w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपालले आफ्नो चिया टेस्टिङ स्वाद जाँचका लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धामा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो ।

“नेपाली चियाका १६ वटा नमुना  बिहीबार पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उनले भने । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग लिने भएको हो । चीनले नेपाली चिया लिने सहमति जनाएपछि मात्र प्रतिस्पर्धामा भाग लिने कुरा तय भएको हो । प्रतिस्पर्धामा नेपालको चियाले आफ्नो पहिचान स्थापित गरेपछि चीन निर्यात गर्न झन् सजिलो हुने उनले

कमेन्ट गर्नुहोस्