
नेपाल राष्ट्र बैंकले झन्डै चार दर्जन कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो ।
सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ ।
प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा एकजना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति ६ असोजसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी १३ असोजसम्म दरखास्त पेस गर्न सकिनेछ ।
arthasanjal.com/wp-content/uploads/2022/09/vacancy.png 483w” sizes=”(max-width: 219px) 100vw, 219px” />

arthasanjal.com/wp-content/uploads/2022/09/bankkk-1024×582.jpg 1024w, 






