सिद्धार्थ राजमार्ग ४० मिटर भासियो, राजमार्ग अवरुद्ध हुँदा थुप्रै जिल्ला प्रभावित 

190
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/thumb-768×389.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/thumb.jpg 998w” sizes=”(max-width: 500px) 100vw, 500px” />
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५  हिउँदेखोला नजिकै करिब ४० मिटर सडक भासिएको छ ।

बिहीबार अपरान्ह साढे ४ बजेदेखी अवरूद्ध सडकमा जेसिवीको सहयोगमा वैकल्पिक ट्रयाक खोलेता पनि वर्षाका कारण  हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिजैबाट हिउँदे खोला आसपासमै रोकिएका छन् ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने आउने सचारी साधनको आवागमनमा प्रभाव परेको प्रहरी चौकी दोभान पाल्पाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्