नागरिकता विधेयक : राष्ट्रिय सभाबाट आजै पारि गर्ने तयारी

208
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/rashtriya-sabha-768×448.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/rashtriya-sabha-368×216.webp 368w, arthasanjal.com/wp-content/uploads/2022/09/rashtriya-sabha.webp 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रिाय सभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेश गरेका हुन् ।

संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् । यसपछि बसेको प्रतिनिधिसभा बैठकले विना संशोधन जस्ताको तस्तै उक्त विधेयक पारित गरिसकेको छ ।

प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । विधायन समितिले पनि विना संशोधन पारित गरी राष्ट्रिय सभामा पेश गरेको हो । याे विधेयक आजै पारित गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्