
आज सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा रोकिएको छ ।
बुधबार सेयर बजार २१.१७ अंकले घटेर १९७३.३८ बिन्दुमा कारोबार रोकिएको थियो ।
यता ठुला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि ०.६६ अंकले घटेर ३८३.९३ बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ७ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ६ वटा समूहको सेयर मूल्य घटेकाे छ ।
आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको सेयर मूल्य घटेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/sharbajar.jpg 670w” sizes=”(max-width: 500px) 100vw, 500px” />






