मोरङ ३ बाट रेखाको नाम सिफारिस

181
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/thapa-768×576.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/thapa.webp 800w” sizes=”(max-width: 400px) 100vw, 400px” />

राष्ट्रिय प्रजातन्त्र पार्टीले रेखा थापालाई मोरङ ३ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । राप्रपा नेतृ तथा नायिका थापाको गृहनगर सोही क्षेत्रको सुन्दरहरैंचा हो ।

राप्रपा मोरङका स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि थापाको नाम सिफारिस गरेको हाे ।

उक्त क्षेत्रबाट नेपाली काँग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकाल लड्ने सम्भावना छ । थापासँगै सोही क्षेत्रबाट राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ । यस्तै मोरङको क्षेत्र नम्बर ४ बाट राप्रपाले नेता रवि रिजाललाई प्रत्यक्षमा सिफारिस गरेको छ । यस्तै सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (ख)मा भने जिल्ला अध्यक्ष माधव आचार्यको नाम सिफारिस भएको छ ।

कमेन्ट गर्नुहोस्