महिला उद्यमीले लिए ८४ हजार सहुलियतको ऋण

158
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/karja-768×430.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/karja.jpeg 810w” sizes=”(max-width: 500px) 100vw, 500px” />

महिला उद्यमशीलता कर्जा लिनेको संख्या ८४ हजार पुगेको छ। राष्ट्र बैंकले २०७८/०७९ सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार सो संख्यामा रहेका महिलाले ७० अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ। हालसम्म सो शीर्षकमा ८८ अर्ब ९८ करोड रुपैयाँँबराबरको कर्जा स्वीकृत भइसकेको छ।

स्वीकृत कर्जा क्रमशः प्रवाह हुने क्रममा रहेको राष्ट्र बैंकको भनाइ छ। महिला उद्यमशीलता शीर्षकमा बिना धितो ६ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा लिन पाउने व्यवस्था छ। महिला उद्यमशीलता कर्जा प्रतिव्यक्ति १५ लाखसम्म लिन पाइन्छ।

महिला उद्यमशीलता पछि व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जामा छ। यो शीर्षकमा बैंकबाट ब्याज अनुदानमा लगानीमा रहेको कुल सहुलियतपूर्ण कर्जा ६० हजार ५ सय ४५ ऋणीले उपयोग गरेका छन्। सो संख्याका ऋणीबाट १ खर्ब ३९ अर्ब २३ करोड बराबरको कर्जा लगानीमा छ। यसमध्ये कृषिमा बिना धितोमा भन्दा बढी धितो कर्जामा लगानी रहेको छ। कृषि कर्जामध्ये ६ हजार ८० ऋणीबाट २ अर्ब ३२ करोड ८१ लाख रुपैयाँबराबरको कर्जा बिना धितो लगानीमा छ।

बाँकी १ खर्ब ३६ अर्ब ९० करोड ५८ लाख रुपैयाँँबराबरको कर्जा लगानी करिब ५४ हजार ४ सय ६५ ऋणीले उपयोग गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायका लागि प्रतिव्यक्ति ५ करोडसम्म ५ प्रतिशत ब्याज अनुदान पाउन सकिन्छ।

कमेन्ट गर्नुहोस्