सन्दीपको उत्कृष्ट बलिङ, केन्या १०१ रनमै अलआउट

238
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/nepal-kenya-1-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/nepal-kenya-1.webp 960w” sizes=”(max-width: 450px) 100vw, 450px” />

चौथो टी-२० मा नेपाललाई घरेलु टिम केन्याले नेपाललाई १०२ रनको लक्ष्य दिएको छ ।

कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा केन्या १०१ रनमै समेटिएको हो । नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा १०१ रनमा अलआउट भयो ।

केन्याका लागि ओपनर कोलिन ओबुयाले २० रन जोडे भने लुकास ओलुओचले ३३ रनको योगदान गरे। शेन एनगोचेले १३ रन जोडे ।बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

बलिङमा नेपालका कप्तान लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । टी-२० अन्तर्राष्ट्रियमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले पाँच विकेट लिँदा ९ रन खर्चिए ।

आदिल अन्सारीले २ विकेट लिँदा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

सिरिजमा नेपालले २-१ को अग्रता लिएको अवस्था छ । आइतबार भएको तेस्रो टी(२० मा नेपाल ४ विकेटले विजयी भएको थियो। आजको खेल जिते नेपालले अन्तिम खेलअघि नै सिरिज जित्नेछ ।

यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो । ६ दिनको अन्तरमा पाँच टी-२० खेल्न लागेको नेपालले पाँचौ खेल भोलि खेल्नेछ ।

यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ ।

कमेन्ट गर्नुहोस्