दशैँमा नयाँ नोट : के छ राष्ट्र बैंकको तयारी ?

216
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/naya-paisa-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/naya-paisa-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/naya-paisa-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/naya-paisa.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

दशैँ भन्नेबित्तिकै अधिकांशको मानसपटलमा नयाँ नोटको परिकल्पना भइहाल्छ । दशैँमा नयाँ नोट नै चाहिन्छ भन्ने न कुनै किवंदन्ती न त कुनै नियम नै ! तर पछिल्ला समय दशैँमा नयाँ नोट नै चाहिन्छ भन्ने प्रचलन स्थापित नै भइसकेको छ । दशैँमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ ।

नेपाल राष्ट्र बैंकले पनि दशैंको छेको पारेर हरेक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । अन्य समयमा भन्दा यो समय नयाँ नोट ठूलो मात्रामा बाहिरिन्छ । दशैँ नजिकिएसँगै राष्ट्र बैंकलाई नयाँ नोट साट्न चटारो नै हुने गरेको छ ।

नयाँ नोट वितरण गर्ने तयारीमा जुट्दै राष्ट्र बैंक

दशैँ नजिकिएसँगै नेपाल राष्ट्र बैंक नयाँ नोट वितरण गर्ने तयारीमा जुटेको छ । राष्ट्र बैंकले यही भदौ अन्तिम साताभित्र नयाँ नोट वितरण सुरु गर्ने तयारी गरेको छ । यस वर्ष दशैँका लागि देशैभर करिब १० अर्ब रुपैयाँ वितरण हुने अनुमान गरिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यस वर्ष पनि राष्ट्र बैंकले गत वर्षहरूमा झैँ प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

अहिले राष्ट्र बैंक नयाँ नोट वितरणका लागि आन्तरिक छलफलमै रहेको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । ‘कुनकुन ठाउँबाट, कहिलेदेखि कहिलेसम्म वितरण गर्ने भन्नेबारे टुंगो लागेपछि राष्ट्र बैंकले सूचना नै जारी गर्नेछ ।’ विभागका एक कर्मचारीले भने ।

बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट उपलब्ध गराउँदै आइरहेको छ ।यसअघि राष्ट्र बैंकले नयाँ नोट काठमाडौँको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर,वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीलगायत कार्यालयबाट समेत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाउँदै आइराखेको छ ।

२०७७ मा रोकिएको थियो

२०७७ सालको दशैँमा भने राष्ट्र बैंकले यस वर्ष दशँैको लागि नयाँ नोट साट्न बन्द गरेको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि नयाँ नोट साट्दा भीडभाड बढ्ने भन्दै राष्ट्र बैंकले नयाँ नोट वितरणमा रोक लगाएको थियो । एक वर्ष नयाँ नोट वितरणमा रोक लगाए पनि अहिले फेरि नयाँ नोट साट्न थालिएको छ ।

दशैँ र नयाँ नोटको सम्बन्ध

दशैँ भन्ने बित्तिकै जो कोहीले नयाँ नोट सम्झने गर्छन् । फेरि नयाँ नोट देखे पनि दशैँकै झ–झल्को आउँछ । यसरी हेर्ने हो भने यिनीहरू बीच पर्यायवाची जस्तै सम्बन्ध छ । एकअर्कामा परिपुरक जस्तै छ ।

दशैँ र नयाँ नोट बीचको सम्बन्ध सांस्कृतिक र मनोवैज्ञानिक रुपमा रहेको अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् । उनी भन्छन्, नयाँ नोट २ कुरासँग जोडिएको हुन्छ । एउटा संस्कृतिसँग जोडिएको छ । अर्को चाहिँ बालबालिकाको मनोविज्ञानसँग जोडिएको छ ।’
सिक्काको बदलामा नोट विकास भएदेखि नै नयाँ नोटको प्रचलन सुरु भएको उनी बताउँछन् । नयाँ नोटले चाडपर्वमा अझ बढी रौनक थप्ने हुँदा नै यसको महत्त्व बढ्दै भएको अधिकारी बताउँछन् ।

 

कमेन्ट गर्नुहोस्