नर्भिकले ल्यायो तीज अफर, हेल्थ प्याकेजमा भारी छुट

146
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/hh-1.jpg 700w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ ।

होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो । यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तिज प्याकेज ६ हजार ६६६ रुपैयाँमै उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ ।

यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९ हजार ९९९ रुपैयाँमै खरीद गर्न सकिने जनाएको छ ।

आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७७७७ रुपैयाँमै खरीद गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्