
एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन् । बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्ड ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गरेका थिए ।
बेलायतमा जन्मिएर बेल्जियममा हुर्केका म्याकले उडान भर्ने क्रममा सुडानमा बालुवाको आँधीको सामना गरे र बसोबास नभएको प्रशान्त टापुमा रात बिताए । उनकी जेठी बहिनी जारा संसारभर एक्लै उड्ने सबैभन्दा कान्छी महिला बनेकी छिन् । उनले यस वर्षको जनवरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन् ।
एकल उडानको लागि अघिल्लो कीर्तिमान बेलायती पाइलट ट्राभिस लुडलोले बनाएका थिए । गत वर्ष आफ्नो यात्रा पूरा गर्दा उनी १८ वर्ष १५० दिनको उमेरका थिए ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/e-2-768×512.webp 768w, 





