यी हुन् नेपालले साउन महिनामा सबैभन्दा बढी आयात गरेको १० वस्तु 

213
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/aayat-1-768×512.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/aayat-1.jpeg 900w” sizes=”(max-width: 450px) 100vw, 450px” />
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मूल्यका आधारमा गत साउनमा नेपालमा सबैभन्दा डिजेल भित्रिएको छ । सो अवधिमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ ।

डिजेलपछि ठूलो मूल्यमा नेपालले पेट्रोल आयात गरेको छ । साउनमा नेपालले ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल आयात गरेको छ ।

नेपालले साउन महिनामा मात्र ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । सो अवधिमा ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ ।

विभागका अनुसार साउनमा ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल, ३ अर्ब ६६ करोड १ लाख ६६ हजार रुपैयाँको स्टील, ३ अर्ब २४ करोड १३ लाख ६७ हजार रुपैयाँको फलाम र २ अर्ब ७९ करोड ३८ लाख ७९ हजार रुपैयाँको खोप नेपालले आयात गरेको छ ।

उक्त अवधिमा २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल फोन र २ अर्ब ७ करोड ३७ लाख १३ हजार रुपैयाँको युरिया नेपालले आयात गरेको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्