लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे

195
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/lajum-1024×768.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/lajum-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/lajum-1536×1152.jpg 1536w” sizes=”(max-width: 400px) 100vw, 400px” />
लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय लमजुङकाे रेकर्डअनुसार महिलाको नाममा घरजग्गा किनबेच गर्नेको संख्यामा वृद्धि भएको छ ।

महिलाको नाममा घरजग्गा किनबेचमा २.५ प्रतिशत छुटको व्यवस्था भएसँगै यो संख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा दुई हजार नाै सय १९ जनाले घरजग्गाको कारोबार गरेकोमा एक हजार एक सय ३६ जना महिलाको नाममा कारोबार भएको छ । यस्तै, आर्थिक वर्ष ०७७/७८ मा एक हजार आठ सय ८२ जना महिलाको नाममा घरजग्गाको कारोबार भएको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए ।

सरकारले महिला, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा नाबालक, सहिद परिवार, उद्योगधन्दालगायतका शीर्षकमा जग्गाको स्वामित्व लिँदा रजिस्ट्रेसन दस्तुरमा छुट दिने व्यवस्था गरेको छ ।  महिलाको नाममा स्वामित्व हुने गरी जग्गा पास गरे २.५ प्रतिशत छुट दिने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्