चेक बाउन्स मुद्दामा कांग्रेस प्रदेश क्षेत्रीय सभापति पक्राउ

240
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/pakaruuu-check-768×418.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/pakaruuu-check.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो ।

सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडका माथी अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्