यस्ता छन् हर्क साम्पाङले सय दिनमा गरेका कामको विवरण

182
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/harka-768×525.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/harka.webp 961w” sizes=”(max-width: 439px) 100vw, 439px” />

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले १०० दिनमा के के काम भयो भनेर सोध्नेहरूलाई जवाफ भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

कामको विवरण :

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ !
२. ४ ठाउँबाट खानेपानीको मुहान थपेँ !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख बिरुवा रोपेँ !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान सुरु गरेँ !
१०. योजनाहरूका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ !
१२. पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ !

कमेन्ट गर्नुहोस्