शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

191
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Pm_Sher_Bdr_Deuba_OP-1-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Pm_Sher_Bdr_Deuba_OP-1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Pm_Sher_Bdr_Deuba_OP-1-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/Pm_Sher_Bdr_Deuba_OP-1.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दछु । देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ ।’ अन्तर्राष्ट्रिय युवा दिवसले युवामा भएको क्षमताको उजागर गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।

सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषदले युवा उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्