स्थानीय तहको निर्वाचनपछि धनुषामा १२ हजार मतदाता थपिए

218
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/matadata-parichaya-patra_yLJ7aPzWC8-768×457.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/matadata-parichaya-patra_yLJ7aPzWC8.jpg 890w” sizes=”(max-width: 500px) 100vw, 500px” />
गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि  धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् ।

जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि  १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् ।

थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतादाता नामावली बन्द गरिएको थियो । त्यसपछि गत १ असारदेखि पुन नयाँ मतादाता नामावली संकलन गरिएको थियो ।

अहिले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएपछि पुनः मतादाताको नामावली संकलन कार्य बन्द भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ , जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।

जिल्लामा १२ हजार १७ मतादाता सख्या थपिए पनि कुल मतादाताको संख्या आयोगले रुजु गरेपछि मात्रै एकिन हुने अधिकारी राउतले बताए ।

कमेन्ट गर्नुहोस्