बिदा स्वीकृत नगरी बिदा बसेका डाक्टर बर्खास्त

218
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/swasthya-mantralaya-1024×465.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/swasthya-mantralaya-768×349.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/swasthya-mantralaya.webp 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बिदा स्वीकृत नगराई तीन वर्षदेखि अनुपस्थित भएका एक चिकित्सकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले कोसी अस्पतालमा कार्यरत नवौं तहका डा. ओमविजु पन्तलाई बर्खास्त गरेको हो ।

२०७५ साल वैशाख २ गतेदेखि बिना स्वीकृति अस्पतालमा अनुपस्थित रहेका कन्सलटेन्ट रेडियोलोजिष्ट डा। पन्तलाई मन्त्रालयले सेवाबाट हटाउनु अघि स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएपछि लोकसेवा आयोगसँगको परामर्शमा उनलाई सरकारी सेवाबाट हटाएको मन्त्रालयले जनाएको छ । उनलाई ०७५ सालदेखि नै गणनागरी भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य नठहरिने गरी हटाइएको हो ।

कमेन्ट गर्नुहोस्