श्रीलंकामा विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि

237
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Power-768×431.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Power.jpg 818w” sizes=”(max-width: 500px) 100vw, 500px” />
श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभाेक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महशुल बढाउँनेछ ।

घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क ताेकेकाे हाे । बोर्डले नाै वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो ।

सीइबीले आठ सय  प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो । तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।

शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् । ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।

कमेन्ट गर्नुहोस्