सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

179
0
Share:

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो।  प्रतितोला फाइन गोल्ड ९७ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २३० रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्