युक्रेन युद्ध क्रिमियाको उन्मुक्तिसँगै अन्त्य हुनुपर्छ : जेलेन्स्की

162
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Volodymyr_Zelenskyy_UDiEJW1WPI-768×372.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Volodymyr_Zelenskyy_UDiEJW1WPI.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले त्यहाँको रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको केही घण्टापछि आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले विस्फोटबारे केही उल्लेख नगरी क्रिमियाबारे भने, ‘क्राइमिया युक्रेनी हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं ।’ रुसले पछिल्लो समयमा युक्रेनी संरचनामा विस्फोटका शृंखला घटाएको छ । एक शीर्ष युक्रेनी सल्लाहकारले रुसी हवाई आधारमा भएको विस्फोटमा युक्रेन जिम्मेवार नभएको बताएका छन् ।

क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो । तर, सन् २०१४ मा एक जनमत संग्रह पछि रुसले कब्जा गरेको थियो । यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन् ।

कमेन्ट गर्नुहोस्