धौलागिरी लघुवित्तको आईपीओमा माग भन्दा १५ गुणा बढी आवेदन

165
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/06/IPO-1-768×581.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/IPO-1.jpg 810w” sizes=”(max-width: 396px) 100vw, 396px” />

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार देखि निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । आईपीओ निष्काशन गरेको पहिलो दिन मै १५ गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०२ बजेसम्ममा ४ लाख १६ हजार १२९ जना आवेदनबाट ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको ४७ लाख ७१ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको १५‍.४७ गुणा बढी हुन आउँछ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।

लघुवित्तले निष्काशन गरेको शेयरमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेकोले साउन २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ । इन्च्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्