रु. ६००ले बढ्यो सुनको भाउ

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun-1024×619.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun-768×464.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun.jpg 1158w” sizes=”(max-width: 496px) 100vw, 496px” />

नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ रहे स्थिरको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्