नेपालमा काेराेना, एकैदिन ९३४ संक्रमित थपिए, एक जनाको मृत्‍यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana.jpg 1150w” sizes=”(max-width: 479px) 100vw, 479px” />

पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जना गरी जम्मा ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमितको मृत्यु भएको छ । सोमवार थपिएकासँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ । मन्त्रालयका अनुसार १० वर्ष मुनिका १० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४३ जनामा कोरोना पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्