
जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रमममा आफ्नो भ्रमणका रोचक अनुभवहरु सेयर गरेका छन् । जापानमा बस्ने प्रवासी नेपालीहरुसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले बुलेट ट्रेन चढेदेखि हिरोसिमा भ्रमणसम्मका अनुभव सुनाएका हुन् ।
प्रचण्डले ट्रेनमा बस्दाको अनुभव पनि सुनाए ।
‘ट्रेनमा बस्दा जापानी नागरिक, बुद्धिजिवी कोही बोल्दैनन् । बडो शान्तसँग बसिराख्या हुन्छन् । हामी नेपाली बोलिराख्या हुन्छम् । अलि चर्कोचर्कै बोल्छौं ।’
त्यसपछि प्रचण्डले दोस्रो विश्वयुद्धमा ध्वस्त भएको शहर हिरोसिमा भ्रमणको अनुभव यसरी सुनाए ।
‘मैले आज हिरोसिमा गएर सबै म्युजियमदेखि बम हानेपछिको भग्नावशेष हेरेँ । मेरो मनमा थियो, त्यो कुरा मैले साथीहरुलाई सोधेँ । यत्रो दुर्घटना, यत्रो हत्या, यत्रो विध्वस्त हुँदा त विध्वंस गर्नेहरुप्रति जापानीको मनमा के होला मनोभावना भनेर मैले धेरैलाई सोधेँ । धेरैले एउटै उत्तर दिनुभयो, जापानीहरुमा कुनै विद्वैष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । तर, अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रीत हुनुपर्छ भन्ने खालको सोच छ भनेर बताइयो । तपाईंहरु त्यस्तो देशका त्यस्ता जनतासँगको संसर्गमा हुनुहुन्छ ।’

arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda_Op-1-1024×605.jpg 1024w, 






